एक हजार २४६ संक्रमित, एक हजार २४३ डिस्चार्ज, चारको मृत्यु

  असोज ०१, २०७७

काठमाडौं, असाेज १ : नेपालमा कोरोना भाइरसका एक हजार २४६ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा देशभर आरटी पीसीआर परीक्षणबाट उक्त सङ्क्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा आठ लाख ८२ हजार ९१५ वटा आरटी पीसीआर परीक्षण भएका छन् ।

मन्त्रालयले आफ्नो दैनिक प्रेस ब्रिफिङको क्रममा पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै हालसम्मका कुल ५९ हजार ५७३  जना सङ्क्रमित भएको मन्त्रालयले जनाएको छ ।

सक्रिय सङ्क्रमित १६ हजार २४१ छन् । पछिल्लो २४ घण्टामा एक हजार २४३ जना सङ्क्रमित सङ्क्रमणमुक्त भई घर फर्केका छन् । यससँगै कोरोना भाइरसबाट निको भएकाहरुको संख्या ४२ हजार ९४९  पुगेको छ । कोरोना संक्रमणमुक्त हुने दर ७२ प्रतिशत पुगेकाे छ ।

आइसोलेसनमा कुल १६ हजार २४१  पुगेको छ । क्वारेन्टिनमा सात हजार ८८३ जना छन् ।

चार जनाको मृत्यु

पछिल्लो २४ घण्टामा चार जनाको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसका कारण मृत्यु भएका ३८३ पुगेको छ ।

तपाईको प्रतिक्रिया