काठमाडौं, भदौ ३० : नेपालमा कोरोना भाइरसका एक हजार ४५९ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा गरिएको आरटी पीसीआर परीक्षणबाट उक्त सङ्क्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले आफ्नो दैनिक प्रेस ब्रिफिङको क्रममा पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै हालसम्मका कुल ५६ हजार ७८८ जना सङ्क्रमित भएको मन्त्रालयले जनाएको छ ।
सकृय सङ्क्रमितहरू १५ हजार ७७९ रहेका छन् । पछिल्लो चौबीस घण्टामा एक हजार एकहजार ६२ जना सङ्क्रमित सङ्क्रमणमुक्त भई घर फर्केका छन् । यससँगै कोरोना भाइरसबाट निको भएकाहरुको संख्या ४० हजार ६३८ पुगेको छ । कोरोना संक्रमणमुक्त हुने दर ७१.५ प्रतिशत रहेको छ
आइसोलेसनमा कुल १५ हजार ७७९ पुगेको छ । क्वारेन्टिनमा सात हजार २५० रहेका छन् ।
११ जनाको मृत्यु
पछिल्लो चौबीस घण्टामा ११ जनाको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसका कारण मृत्यु भएका ३७१ पुगेको छ ।






