इन्द्रजात्रामा पनि सुनसान काठमाडौं दरवार क्षेत्र

  भदौ १६, २०७७

काठमाडौं, भदौ १६ : आज इन्द्रजात्रा, काठमाडौं दरबार क्षेत्रमा बेग्लै रोनक हुन्थ्यो । जिवित देवीका रुपमा पुजिने कुमारीको दर्शन र रथ यात्रा हेर्न विश्वका विभिन्न देशबाट पर्यटकको भीड लाग्थ्यो ।

पत्रकार, फोटोपत्रकारदेखि काठमाडौका स्थानीयको उपस्थिति र रथयात्रमा हजारौं सहभागी हुन्थे । राष्ट्पतिदेखि विदेशी नियोगका पदाधिकारीका लागि पनि यो देखाउन लायक सांस्कृति पर्व हुन्थ्यो ।

तर यसवर्ष कोरोनाका कारण जारी निषेधाज्ञाले इन्द्रजात्र समान्य परम्परागत पूजामा मात्र सिमित रहेको छ ।

तपाईको प्रतिक्रिया