प्रदेश १ का सामाजिक विकासमन्त्री मन्त्री घिमिरेलाई कोरोना संक्रमण

  भदौ १६, २०७७

विराटनगर, भदौ १६ : प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेलाई कोरोना भाइरस सङ्क्रमण देखापरेको छ । प्रदेश प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा सोमबार राति १० बजे उहाँलाई सङ्क्रमण पुष्टि भएको हो ।

यही भदौ १३ गते धनकुटा अस्पतालको निरीक्षणमा गएर फर्किएपछि उहाँलाई झाडापखाला लागेको र सोमबारदेखि ज्वरो पनि आएको मन्त्री घिमिरेको सचिवालयले जनाएको छ । मन्त्री घिमिरे शनिबार साँझदेखि निवासमै रहनुभएको छ । उहाँको स्वास्थ अवस्था अहिले सामान्य रहेको सचिवालयले जनाएको छ । 

तपाईको प्रतिक्रिया