उपत्यकामा थपिँदै क्वारेन्टाइन

  भदौ १६, २०७७

काठमाडौंँ, भदौ १६ : विदेशबाट आउने व्यक्तिहरूलाई राख्न काठमाडौंँ उपत्यकामा थप दुई हजार तीन सय शøया भएको क्वारेन्टाइन निर्माण गरी सञ्चालनमा ल्याइने भएको छ । यसअघि काठमाडाँैं, ललितपुर र भक्तपुरमा गरी दुई हजार जना बस्न मिल्ने एकीकृत क्वारेन्टाइन तयार भई सञ्चालनमा आएका छन् ।

गृह मन्त्रालयका सहप्रवक्ता प्रेमलाल लामिछानेका अनुसार काठमाडौंँमा ४५०, ललितपुरमा एक हजार एक सय र भक्तपुरमा ७५० गरी दुई हजार तीन सय शया क्षमताको एकीकृत क्वारेन्टाइन सञ्चालनमा ल्याउने निर्णय भएको छ । मन्त्रिपरिषद्ले काठमाडौंँ, ललितपुर र भक्तपुरमा एकीकृत क्वारेन्टाइनको प्रबन्ध तथा व्यवस्थापन गर्न गृहसचिव महेश्वर न्यौपानेको संयोजकत्वमा गठन गरेको समितिको आइतबार सम्पन्न बैठकले सो निर्णय गरेको हो ।

बैठकले काठमाडौँंमा क्वारेन्टाइनको सङ्ख्या कम देखिएकाले काठमाडाँैं महानगरलाई भृकुटीमण्डपमा रहेका संरचनामा क्वारेन्टाइन सञ्चालन गर्ने व्यवस्था गर्न आग्रह गर्ने निर्णय गरेको छ । यसैगरी थप स्थानको पहिचान गर्न काठमाडौंँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीलाई सम्बन्धित स्थानीय तहसँग समन्वय गरी उपयुक्त स्थानको पहिचान गर्न भनिएको छ ।

तपाईको प्रतिक्रिया