जिपको ठक्करबाट मोटरसाइकलमा सवार एक प्रहरीको मृत्यु

  भदौ ०३, २०७७

पोखरा, भदौ ३ : पोखराको मालेपाटनमा गएराती बोलेरो जिपले ठक्कर दिंदा मोटरसाइकलमा सवार एक प्रहरीको मृत्यु भएको छ । एकजना घाइते हुनुभएको छ । प्रहरी जवान चन्द्रबहादुर बगालेको मृत्यु भएको छ भने डम्बर बहादु थारु घाइते भएको कास्की प्रहरी प्रवक्ता शुवास हमालले जानकारी दिनुभयो ।

निषेधाज्ञाको समयमा वडा प्रहरी कार्यालय वैदामबाट ड्युटीमा खटिएका ग १ ब ३६९ नम्वरको मोटरसाइकललाई ग २ च २६२६ नम्वरको बोलेरो जिपले राती अन्दाजी १.५ बजेको समयमा पछाडि बाट ठक्कर दिएपछि गम्भीर घाइते भएका बगालेलाई उपचारका लागि अस्पताल लगिए पनि १.५० बजे मृत्यु भएको हमालले बताउनु भयो । बगालेको घर पाल्पा हो ।

मोटरसाइकलको पछाडि सवार घाइते बर्दिया घर भएका प्रहरी हवल्दार डम्बर बहादुर थारुको उपचार भइरहेको छ । ठक्कर दिने जीपलाई नियन्त्रणमा लिईएको हमालले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया