काठमाडौँ, भदौ १ : स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान)को कृष्ण आचार्यको अध्यक्षतामा नयाँ कार्य समितिको चयन भएको छ ।
सर्वसम्मत गठन भएको कार्यसमितिमा आशीष गर्ग, गणेश कार्की, मोहन डाँगी उपाध्यक्षमा चयन हुनुभएको छ भने गोरे शेर्पा महासचिवमा र भरतबहादुर कार्की बलराम खतिवडा र राम आचार्य सचिवमा निर्वाचित हुनुभएको छ ।
नयाँ कार्य समितिमा भरतकुमार खड्का, प्रकाश दुलाल, उमा ब्लोन लामा, भरत लामिछाने, कविता पोखरेल, अविज्ञ मल्ल सदस्य रहनुभएको छ ।






