काठमाडौं, भदौ १ : मन्त्रि परिषदको नियमित बैठक जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सोमबार साँझ ६ बजेदेखि जारी रहेको प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।
बैठकमा प्राकृतिक प्रकोपमा परी ज्यान गुमाउनेको क्षतिपूर्ति, विस्थापितको पुनस्र्थापना, घाइतेहरुको उपचार विषयमा छलफल हुने बताइएको छ । त्यस्तै, कोरोना (कोभिड १९) महामारीका कारण देशभर परेको असर, त्यसको न्यूनीकरणमा सरकारले गरेको प्रयासबारे समेत समीक्षा हुने बालुवाटार स्रोतले जनाएको छ ।






