उपभोक्ता संरक्षण विभागका नासु अख्तियारको नियन्त्रणमा

  भदौ ०१, २०७७

काठमाडौं, भदौ १ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका एक जना नायब सुब्बालाई घुस लिएको आरोपमा पक्राउ गरेको छ । पक्राउ पर्ने विभागमा कार्यरत नासु शिवशंकर महतो रहेको आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार फर्म दत्र्ता प्रमाण–पत्रसँग सम्बन्धित काम गराउन आएको सेवाग्राहीसँग महतोले घुस लिदा पक्राउ परेका हुन् । सेवाग्राहीसँग महतोले दश हजार रुपियाँ घुस लिएको आयोगले दाबी गरेको छ । प्रवक्ता अधिकारीले महतोलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जानकारी दिनुभएको छ ।

तपाईको प्रतिक्रिया