काठमाडौँ, भदौ १ : नेपालमा भारतीय सहयोगमा सञ्चालित परियोजनाहरूका अनुगमन गर्न गठित ओभरसाइट मेकानिजमको बैठक सम्पन्न भएको छ ।
सो बैठकमा नेपालका तर्फबाट परराष्ट सचिव शङ्कर बैरागी र भारतका तर्फबाट नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रा सहभागी रहेको परराष्ट मन्त्रलयले जनाएको छ ।
नक्सा विवादपछि दुई देशबीच लामो समयदेखि वार्ता हुन सकेको थिएन । कोरोनाका कारण भिडियो कन्फरेन्सका माध्यमबाट बैठक सम्पन्न भएको हाे ।






