भारतीय स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री ओलीद्वारा शुभकामना

  साउन ३१, २०७७

काठमाडौं, साउन ३१ : प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मुलुक भारतका आफ्ना समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भारतको ७४ औं स्वतन्त्रता दिवसको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।

शनिबार सामाजिक सञ्जाल ट्वीट मार्फत प्रधानमन्त्री ओलीले नेपाल र नेपालीका तर्फबाट शुभकामना व्यक्त गर्नुभएको हो । उहाँले लेख्नुभएको छ, “प्रधानमन्त्री नरेन्द्र मोदी जी र भारतीय जनतालाई ७४ औं स्वतन्त्रताको दिवसका अवसरमा बधाई तथा शुभकामना छ  ।”

साथै स्वतन्त्रता दिवसको अवसरमा भारत र भारतीय जनताको थप प्रगति र उन्नतीकाे कामना पनि प्रधानमन्त्री ओलीले गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया