बेनीको मंगलाघाटमा बाढी आउँदा १० घरमा क्षति

  साउन ३१, २०७७

बेनी, साउन ३१ : शुक्रबार राती परेको अविरल वर्षा सँगै म्याग्दीको सदरमुकाम बेनीको मंगलाघाटमा बाढी आउँदा १० घरमा क्षति पु-याएको छ ।

महारानीथान नजिकबाट खसेको बाढी सहितको पहिरो मंगलाघाट बजारमा पसेको हो । पहिरोले बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ लगायत १० जनाको घरमा क्षति पुगेको वडा नम्बर ७ का अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

क्षतिको विवरण संकलन भइरहेको उहाँले बताउनुभयो ।बेनी पाखापानी सडकमा जम्मा भएको पानीले बाढी र पहिरोको रुप लिएको उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया