भारतका गृहमन्त्री अमित शाह काेराेनामुक्त

  साउन ३०, २०७७

काठमाडौँ, साउन ३० : भारतका गृहमन्त्री अमित शाह कोरोनामुक्त हुनुभएको छ । उहाँ शुक्रबार नै अस्पतालबाट आफ्नो आवास फर्किनुभएको छ ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार गृहमन्त्री शाहले चिकित्सकको सुझावबमोजिम केही दिनमै घरमै अलग्गिएर बस्ने बताउनुभएको छ । सङ्क्रमणको लक्षण देखिएपछि शाहले कोरोनाभाइरसको परीक्षण गराउनुभएको थियो । अगष्ट २ मा सङ्क्रमणको पुष्टि भएपछि उहाँ अस्पताल भर्ना हुनुभएको थियो ।

भारतको बलिवूडका अभिनेता अमिताभ बच्चन कोरोनामुक्त भएर घर फर्किनुभएकै दिन शाहमा सङ्क्रमणको पुष्टि भई अस्पताल भर्ना हुनुभएको थियो । भारतमा दैनिक रुपमा कोरोना सङ्क्रमित हुनेको सङ्ख्या ६० हजारभन्दा बढी रहेको छ ।

तपाईको प्रतिक्रिया