आज पनि बढ्यो सुनचाँदीको मूल्य

  २ घण्टा अगाडि

काठमाडौँ, ११ मङ्सिर : स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ । छापावाल सुनको मूल्य प्रतितोला तीन हजार ३०० रुपियाँ र चाँदीको मूल्य १२० रुपियाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ४६ हजार १०० रुपियाँ र चाँदीको मूल्य तीन हजार १९५ रुपियाँ कायम भएको छ ।

हिजो छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ४२ हजार ८०० रुपियाँ र चाँदीको मूल्य तीन हजार ७५ रुपियाँ कायम भएको थियो ।

तपाईको प्रतिक्रिया