ब्रसेल्स, ११ मङ्सिर : फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँले बिहीबार अति–दक्षिणपन्थी नेतृ मरिन ले पेनप्रति कठोर प्रतिक्रिया जनाउँदै उहाँलाई ‘अहंकारी’ नेताको संज्ञा दिनुभएको छ ।
ले पेनले फ्रान्सको अर्को वर्षको चुनावअघि युरोपेली सङ्घको आगामी बजेटलाई अन्तिम रूप दिने प्रयासको आलोचना गर्नुभएको थियो ।
विशेष गरी फ्रान्समा चुनावको वर्षमा तनावपूर्ण वार्ता नहोस् भन्ने चाहनासहित युरोपेली नेताहरू ब्रसेल्समा शिखर सम्मेलनमा छलफल गर्दै सन् २०२८–२०३४ को बजेटमा डिसेम्बरसम्म सहमति जुटाउने प्रयास गरिरहेका छन् । म्याक्रोँले एक दिनअघि नै सन् २०२७ अघि सहमति नभए छोड्ने चेतावनी दिनुभएको थियो ।
ले पेनले जवाफमा भन्नुभएको थियो, “हाम्रो देश ‘डिफल्ट’ र सामाजिक उथलपुथलको छेउमा छ । हाम्रा नेताहरूले फ्रान्सेली जनताको लोकतान्त्रिक इच्छाशक्तिलाई असफल बनाउन लुकीछिपी राजनीतिक चालबाजी गर्नुको सट्टा स्थिति सुधार्न ध्यान दिनुपर्छ ।”
आगामी राष्ट्रपति चुनावको अग्रणी उम्मेदवार ले पेनले एक्समा लेख्नुभएको छ, “केही घण्टापछि शिखर सम्मेलनको क्रममा म्याक्रोँले ले पेन र उहाँको भनाइबारे भन्नुभयो, “उहाँ अहिले नै फ्रान्सको भाग्यको जिम्मेवारी लिइसक्नुभएको जस्तो व्यवहार गर्नु अनौठो अहङ्कार हो किनकि अहिलेसम्म उहाँ निर्वाचित हुनुभएको छैन।”
बजेटबारे दुईजनाबीच यो पहिलो झगडा होइन । म्याक्रोँले गत महिना ले पेन्सलाई “विनम्र रहन” भन्दै चोट पुर्याएका थिए जब ले पेन्सले युक्रेनलाई दिने सहयोग र युरोपेली सङ्घमा फ्रान्सको योगदान कटौती गर्ने योजना सार्वजनिक गर्नुभएको थियो । (रासस/एएफपी)






