काठमाडौँ, १० मङ्सिर : हास्यप्रधान चलचित्र ‘ककाकिकी’ को विशेष प्रदर्शन (प्रिमियर) काठमाडौँको बिग मुभिजमा सम्पन्न भएको छ । प्रिमियरमा चलचित्रकर्मीले यसको कथा, प्रस्तुतीकरण र मनोरञ्जनात्मक पक्षको प्रशंसा गरेका छन् ।
बिक्की अग्रवाल र श्रद्धा प्रसाईंको निर्देशनमा बनेको चलचित्रमा तृप्ति नाडकर, गौरी मल्ल, रेखा थापा र महेश त्रिपाठीको मुख्य भूमिका रहेको छ ।
चलचित्रले ‘युनिभर्सल’ प्रमाणपत्र पाएको छ । यससँगै सबै उमेर समूहका दर्शकले परिवारसहित हेर्न पाउने चलचित्र शुक्रबारदेखि प्रदर्शनमा आउनेछ ।






