चीनले सन् २०३० सम्ममा अत्याधुनिक सञ्चार सञ्जाल निर्माण गर्ने

  ५ घण्टा अगाडि

बेइजिङ, १० मङ्सिर : चीनले सन् २०३० सम्ममा अत्याधुनिक सञ्चार सञ्जाल निर्माण गर्ने लक्ष्यसहित नयाँ कार्ययोजना सार्वजनिक गरेको छ ।

देशभर व्यापक पहुँच र उच्च कार्यक्षमतासहितको आगामी पुस्ताको सञ्चार नेटवर्क विकास गर्ने उद्देश्यले चिनियाँ सरकारी निकायहरूले बिहीबार संयुक्त रूपमा कार्यान्वयन योजना सार्वजनिक गरेका हुन् ।

योजनाअनुसार चीनले छैटौँ पुस्ताको मोबाइल नेटवर्क ९६जी० विकासलाई उपयुक्त समयमा अगाडि बढाउनेछ। साथै, सन् २०३० सम्ममा लो अर्थ अर्बिट ९एलईओ० भू–उपग्रहमा आधारित इन्टरनेट प्रणालीको निर्माण मूलतः सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

चीनले औद्योगिक इन्टरनेट र इन्टरनेट अफ भेहिकल्स ९सवारीसाधनमा आधारित इन्टरनेट० जस्ता एकीकृत सञ्चार सञ्जालको पनि व्यापक विस्तार गर्ने योजना बनाएको छ ।

नयाँ योजनाले सञ्चार प्रविधिको स्मार्ट विकासलाई तीव्रता दिनुका साथै नेटवर्कको कार्यक्षमता र पहुँचमा उल्लेख्य सुधार ल्याउने अपेक्षा गरिएको छ ।

त्यसैगरी, सञ्चार तथा सूचना प्रविधिसँग सम्बन्धित औद्योगिक पारिस्थितिक प्रणालीलाई थप बलियो बनाउने लक्ष्य पनि योजनामा समेटिएको छ ।

६जी प्रविधि, भू–उपग्रह इन्टरनेट र औद्योगिक सञ्चार सञ्जालको विकासमार्फत चीनले आगामी पुस्ताको डिजिटल पूर्वाधारलाई थप सुदृढ बनाउने रणनीति अघि सारेको छ । (रासस/सिन्ह्वा)

तपाईको प्रतिक्रिया