एनपीएल : पहिलो क्वालिफायरमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  मंसिर ०२, २०८३

काठमाडौँ, १ मङ्सिर : नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको पहिलो क्वालिफायरमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । टस जितेको साविक विजेता लुम्बिनीले पहिले बलिङ गर्ने निर्णय गरेको छ भने सुदूरपश्चिमले ब्याटिङ गर्ने भएको छ ।

लुम्बिनीले अघिल्लो खेलको टोलीमा कुनै परिवर्तन गरेको छैन । सुदूरपश्चिमले भने तीन खेलाडी परिवर्तन गरेको छ । दीपक बोहराको स्थानमा अविनाश बोहरा पहिलो रोजाइमा फर्किएका छन् । त्यस्तै, फाबियन एलन र ब्रान्डन म्याकमुलेनको स्थानमा थनुका दबारे र जर्ज मन्सेले खेल्ने भएका छन् ।

तपाईको प्रतिक्रिया