एसिया यू- १९ क्रिकेट कपका लागि २८ खेलाडी छनोट, नामसहित

  ६ घण्टा अगाडि

काठमाडौँ, ७ कात्तिक : आगामी यु–१९ एसिया कपलाई लक्षित गर्दै नेपाल क्रिकेट सङ्घ (क्यान) ले २८ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको छ ।

प्रतियोगिताको तयारीका लागि नेपाली युवा टोलीको बन्द प्रशिक्षण आइतबारदेखि पोखरामा सञ्चालन हुने क्यानले जनाएको छ । प्रशिक्षणमा खेलाडीको प्रदर्शन र क्षमताका आधारमा अन्तिम टोली छनोट गरिनेछ ।

प्रारम्भिक टोलीमा नितेश पटेल, चन्दन राम, वंश क्षेत्री, निरज यादव, निश्चल क्षेत्री, आशिष लुहार, सुशील रावल, शुभम खनाल, अभय यादव, सचिन भट्ट, सूर्यांशु कोइराला, परिमार्जन यादव, प्रसिद्ध जैसी, शिवांश बजगाईं, दर्श सोनार, विपिन शर्मा, सुगम बुढाथोकी, आशिक बैठा, जोय थापा, सोहेल कुँवर, रौनक श्रीवास्तव, रोहित चन्द, सौजन घिमिरे, क्रितिक कामत, भूपाल दङ्गाल, राहुल हक, दीपक सेमेला र रोशन शाही छन् ।

राससका अनुसार, बन्द प्रशिक्षणपछि खेलाडीको प्रदर्शनका आधारमा प्रतियोगिताका लागि अन्तिम टोली तय गरिनेछ ।

तपाईको प्रतिक्रिया