हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने

  ४ घण्टा अगाडि

काठमाडौँ, ७ कात्तिक : नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । तराईका अधिकांश क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ ।

कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागमा आंशिक बादल लाग्नेछ भने देशका बाँकी हिमाली तथा पहाडी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ ।

महाशाखाका अनुसार कात्तिक ८ गते दिउँसो पनि हिमाली तथा पहाडी भूभागमा आंशिक बादल लाग्ने र तराईमा मौसम मुख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्नेछ ।

त्यसैगरी, कात्तिक ८ गते राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागमा आंशिक बादल लाग्ने पूर्वानुमान छ । कात्तिक ९ गते सोमबार पनि हिमाली तथा पहाडी भूभागमा आंशिक बादल लाग्ने र बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहने जनाइएको छ । मौसम पूर्वानुमानसम्बन्धी विवरण महाशाखाले सार्वजनिक गरेको सूचनामा उल्लेख छ ।

तपाईको प्रतिक्रिया