काठमाडौं उपत्यकामा १३८ जनामा सङ्क्रमणको पुष्टि

  साउन २८, २०७७

काठमाडौं, साउन २८ : काठमाडौं उपत्यकामा पछिल्लो चौबीस घण्टामा १३८ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा गरिएको परीक्षणको नतिजा बमोजिम काठमाडौं उपत्यकामा १३८ जना नयाँ सङ्क्रमित थपिएका हुन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङको क्रममा काठमाडौं उपत्यकाको तीन जिल्लामध्ये काठमाडौंमा १०९ जना, ललितपुरमा २१ जना र भक्तपुरमा आठ जनामा सङ्क्रमणको पुष्टि भएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा काठमाडौंका दश जनामा सङ्क्रमणको पुष्टि भएको छ । शुक्रराज ट्रपिकल अस्पतालमा काठमाडौंका २९ जना र भक्तपुरका एकमा सङ्क्रमित फेला परेका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमले त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा काठमाडौंका ११ जना र ललितपुर तथा भक्तपुरका एक एक जना तथा पाटन अस्पताल, ललितपुरमा काठमाडौंका ११ जना, ललितपुरका १४ जना तथा भक्तपुरका एकमा सङ्क्रमणको पुष्टि भएको बताउनुभयो ।

स्टार अस्पताल, सानेपामा काठमाडौंका नौ जना, ललितपुरका दुई तथा भक्तपुरका एक तथा बीआईडीएच ल्याबमा काठमाडौंका पाँच र ललितपुरका दुईजना सङ्क्रमित पुष्टि भएका हुन् । नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा काठमाडौंका २२, ललितपुरका दुई र भक्तपुरका एक तथा हयाम्स अस्पतालमा काठमाडौंका आठ र भक्तपुरका दुई जना सङ्क्रमित पुष्टि भएको छ ।

बीर अस्पताल–काठमाडौंमा काठमाडौंका दुई र भक्तपुरका दुई तथा बिरेन्द्र अस्पतालमा काठमाडौंका दुई गरी कुल १३८ जना सङ्क्रमित पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया