वासिङ्टन, १ असोज : संयुक्त राज्य अमेरिकाले भेनेजुएलालाई दुई दशकभन्दा लामो समयपछि पहिलो पटक अवैध लागूऔषध तस्करी राष्ट्रको सूचीबाट हटाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार घोषणा गरेअनुसार छिमेकी कोलम्बियाका लागि पनि सम्भावित समीक्षा विचाराधीन रहेको जनाइएको छ ।
विदेश मन्त्रालयले जारी गरेको राष्ट्रपतिको सङ्कल्पमा राष्ट्रपति ट्रम्पले अमेरिकाले प्रशासनले गत जनवरीमा भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोको निष्कासन र गिरफ्तारीपछि, मादुरोको पूर्वसहायक डेलसी रोड्रिगेजको नेतृत्वमा देशको अन्तरिम प्रशासनसँगको सहकार्यले सकरात्मक परिणाम दिइरहेको छ । भेनेजुएला सन् २००५ देखि अमेरिकाको लागूऔषध तस्करीको सूचीमा रहेको थियो ।
“मैले निर्णय गरेको छु भेनेजुएलालाई अब लागूऔषध नियन्त्रण प्रतिबद्धता पूरा गर्न असफल भएको राष्ट्रको सुचीमा राख्नु हुँदैन, लागूऔषध तस्करीमा संलग्नको समूहलाई नष्ट गर्न र भेनेजुएला हुँदै लागूऔषध तस्करी रोक्न अन्तरिम सरकारबाट निरन्तर, मापन योग्य प्रगतिको अपेक्षा गर्दछु,” उहाँले भन्नुभयो ।
राष्ट्रपति अबेलार्डो डे ला एस्प्रियेलाको निर्वाचनपछि “कोलम्बिया पनि अग्रणी सुरक्षा साझेदारको रूपमा आफ्नो स्थान पुनः सुरु गर्न तयार छ,” ट्रम्पले थप्नुभयो । “यदि, कोलम्बियाले आगामी वर्षमा आक्रामक कोका उन्मूलन र यसको लागूऔषध तस्करी सञ्जाल रोक्ने प्रयास गरेमा यसकोे हालको स्थिति हटाउने विचार गर्ने छु,” उहाँले भन्नुभयो । गत वर्ष, ट्रम्पले कोलम्बियालाई कोकेन उत्पादन रोक्ने प्रक्रियामा प्रगति नगरेको कारण लागूऔषध सूचीमा राखेको बताउनुभएको थियो ।
ट्रम्पले दक्षिणपन्थी अर्धसैनिक बलसँग जोडिएका व्यक्तिको प्रतिनिधित्व गर्ने पूर्व वकिल ड ला एस्प्रियेलालाई आफ्नो समर्थन दिनुभएको छ भने उहाँले जसले आगामी अगस्टमा पदभार ग्रहण गरेपछि कडा सुरक्षा प्रणालीको प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
अफगानिस्तान, बहामास, बेलीज, बोलिभिया, बर्मा, चीन, कोस्टा रिका, डोमिनिकन रिपब्लिक, इक्वेडर, एल साल्भाडोर, ग्वाटेमाला, हाइटी, होन्डुरस, भारत, जमैका, लाओस, मेक्सिको, निकारागुआ, पाकिस्तान, पनामा र पेरुसँगै दुवै राष्ट्रलाई वासिङ्टनले प्रमुख लागूऔषध पारवहन वा प्राथमिक उत्पादन क्षेत्रको रूपमा वर्गीकृत गर्ने प्रक्रिया जारी राखेको छ । (रासस/एएनआई)






