काठमाडौँ, १५ असोज : राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको चालु अधिवेशन अन्त्य गर्नुभएको छ ।
राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को असोज १३ गतेको सिफारिसमा संघीय संसद्को दुवै सदनको चालु अधिवेशन अन्त्य गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
कार्यालयका प्रवक्ता कृष्णबहादुर शाहीद्वारा बिहीबार जारी विज्ञप्तिअनुसार अधिवेशन २०८३ साल असोज १६ गते शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गरिएको हो ।







