अफगानिस्तानमा विस्फोट, तीन बालबालिकाको मृत्यु

  ५ घण्टा अगाडि

काबुल, १४ असोज : पूर्वी अफगानिस्तानको नङ्गरहार प्रान्तको बाला खोग्यानी जिल्लामा विगतका युद्धबाट बाँकी रहेको विस्फोटक उपकरणमा मङ्गलबार विस्फोट हुँदा तीन जना बालबालिकाको ज्यान जानुका साथै एक जना घाइते भएको प्रान्तीय सरकारी कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ ।

बालबालिकाले खेल्ने क्रममा खेलौना जस्तो वस्तु फेला पारेर त्यससँग खेल्न थालेको तर उक्त उपकरण विस्फोट हुँदा उनीहरूको घटना स्थलमै मृत्यु भएको तथा एक जना बालक घाइते भएको विज्ञप्तिमा उललेख छ ।

युद्धग्रस्त अफगानिस्तान कथितरूपमा विश्वको सबैभन्दा बढी दूषित र विस्पोटक खानी भएको देश मध्ये एक हो जहाँ चार दशकभन्दा बढीको युद्ध र नागरिक द्वन्द्वको समयमा जमिनमुनि विस्फोटक उपकरण तथा खानी बाँकी रहेको जनाइएको छ । (रासस/सिन्ह्वा)

तपाईको प्रतिक्रिया