नेपालको पर्यटन क्षेत्र सुरक्षित रहेको सन्देश दिन विशेष कार्यक्रम

  ४ घण्टा अगाडि

काठमाडौँ, १० असोज : नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले नेपालको पर्यटन क्षेत्र सुरक्षित रहेको सन्देश दिन दुईदिने विशेष कार्यक्रम आयोजना गरेको छ ।

नाट्टाले ४७औँ विश्व पर्यटन दिवसको अवसर पारेर कार्यक्रम आयोजना गरेको हो । नाट्टाका महासचिव राजकुमार देवकोटाले नेपालको पर्यटन क्षेत्र पूर्ण रुपमा सुरक्षित, सञ्चालनयोग्य र विश्वभरका पर्यटकका लागि खुला रहेको सन्देश प्रवाह गर्न कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो ।

नाट्टाले आज ‘नाट्टा स्वच्छ र हरियाली अभियान–२०२६’ सञ्चालन गरेको छ । उक्त अभियान शिवपुरी राष्ट्रिय निकुञ्ज करिडोरअन्तर्गत बूढानिलकण्ठ–टोखा–चण्डेश्वरी क्षेत्रमा सञ्चालन भएको छ ।

कार्यक्रमअन्तर्गत भोलि काठमाडौँ दरबार क्षेत्र वसन्तपुरबाट ‘नेपाल निम्तो–नाट्टा सम्पदा दौड–२०२६’ हुनेछ । दौडमा पर्यटन व्यवसायी, विभिन्न सङ्घ संस्थाका प्रतिनिधि, युवा सहभागी हुने जनाइएको राससमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया