सुनचाँदीको मूल्य घट्यो

  ३ घण्टा अगाडि

काठमाडौँ, ९ असोज : स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला रु ५०० र चाँदीको मूल्य रु ३० ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु दुई लाख ९८ हजार ६०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ६२० कायम भएको छ ।

बिहीबार छापावाल सुन प्रतितोला रु दुई लाख ९९ हजार १०० र त्यति नै परिमाणको चाँदी रु चार हजार ६५० मा कारोबार भएको राससले जनाएको छ ।

तपाईको प्रतिक्रिया