सङ्क्रमित सङ्ख्या २३ हजार ९४८ पुग्याे, मगंलबार थप ६३८

  साउन २७, २०७७

काठमाडौं, साउन २७ : मंगलबार कोरोना भाइरसका कारणले ६३८  सङ्क्रमित भएका छन् । योसँगै नेपाल कोरोना भाइरसका कारणले सङ्क्रमित हुनेको सङ्ख्या २३ हजार ९४८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले सो कुरा बताउनुभएको हाे । चौबीस घण्टामा दशहजार ४६२ पीसीआर परीक्षण गरेकोमा ६३८ जना नयाँ सङ्क्रमित थपिएका हुन् ।

नेपालमा सक्रिय सङ्क्रमित सातहजार २०१ रहेको छ । नेपालमा चौबीस घण्टामा एकसय ७१ कोराेना मुक्त भएका छन् । योसँगै कुल कोरोना मुक्त भएको सङ्ख्या १६ हजार ६६४ पुगेको छ ।

तपाईको प्रतिक्रिया