एसियाली खेलकुद : नेपाल पाकिस्तानसँग पराजित

  ९ घण्टा अगाडि

काठमाडौँ, ६ असोज : जापानमा जारी २० औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष कबड्डीको समूह चरणको खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको छ । प्रतियोगितामा नेपालको यो लगातार दोस्रो पराजय हो ।

सोमबार भएको पहिलो खेलमा नेपाल थाइल्यान्डसँग ५९–४८ ले पराजित भएको थियो ।

जापानको टोकाइ सिटिजन जिम्नेसियममा आज भएको समूह बिअन्तर्गतको खेलमा पाकिस्तानसँग नेपाल ५८–४३ अङ्कले पराजित भएको हो ।

खेलको पहिलो हाफ नेपालले १७–३० ले गुमायो भने खेलको दोस्रो हाफमा नेपाल पुनः २६–२८ ले पछि पर्यो ।

नेपालले दुवै हाफमा कूल ४३ अङ्क बनाउँदा पाकिस्तानले ५८ अङ्क जोड्दै १५ अङ्कको जित निकालेको थियो । नेपालले समूह चरणकै अर्को खेल इरानसँग आजै खेल्ने राससले जनाएको छ ।

तपाईको प्रतिक्रिया