काठमाडौँ, २३ भदौ : राजधानीमा जारी नेपाल भलिबल लिग (एनभिएल) मा मधेस वारियर्सले खप्तड फाल्कन्सलाई पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) कभर्डहलमा आज सम्पन्न पहिलो खेलमा मधेसले खप्तड फाल्कन्सलाई ३-० को सोझो सेटमा पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको हो ।
मधेसले खप्तडमाथि पहिलो सेट २५-२१, दोस्रो सेट २५-२० तथा तेस्रो तथा अन्तिम सेट २५-२३ ले आफनो पक्षमा पार्यो । यो जितसँगै चार खेल खेलेको मधेसले चार अङ्क जोडेको छ । उक्त प्रतियोगिताअन्तर्गत आजै हुने दोस्रो खेलमा सगरमाथाले काठमाडौँसँग प्रतिस्पर्धा गर्नेछ । उक्त खेल आज साँझ ७ः०० बजेदेखि सुरु हुने राससमा उल्लेख छ ।






