प्यूठानमा नेपाली सेनाको १४ जना सहित २३ मा काेरोना संक्रमण

  साउन २६, २०७७

प्यूठान, साउन २६ : प्यूठानमा नेपाली सेनाका १४ जनामा कोरोना सङ्क्रमण देखिएको छ । जिल्लास्थित इन्द्रध्वज गणमा कार्यरत १४ जना सैनिकलाई सङ्क्रमण देखिएको हो ।

त्यसैगरि जिल्ला प्रहरी कार्यालय प्यूठानको हिरासतमा रहेका एक जना थुनुवालाई समेत सङ्क्रमण भएको छ । त्यसबाहेक स्वर्गद्धारी नगरपालिकामा ६ जना, मल्लरानी गाउँपालिकाका एक जना व्यक्तिमा कोरोना देखिएको छ । एक जनाको ठेगाना खुल्न बाँकी रहेको स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख विशाल सुवेदीले बताउनुभयो ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा एकै दिन २३ जनामा कोरोना सङ्क्रमण देखिएको हो । तीन जना महिला र २० जना पुरुष रहेका छन् । उनीहरुको उमेर १२ देखि ४६ वर्षसम्मको रहेको छ ।

तपाईको प्रतिक्रिया