तेहरानको खर्ग टापु क्षेत्रमा विस्फोट : इरानी मिडिया

  २ घण्टा अगाडि

तेहरान, २० भदौ : संयुक्त राज्य अमेरिका र इरानबीचको तनाव उत्कर्षमा पुगेको केही दिन पछि शनिबार खाडीे देशहरुको प्रमुख तेल केन्द्र खर्ग टापु नजिकै धेरै विस्फोट भएको इरानी मिडियाले रिपोर्ट गरेका छन् ।

फार्स समाचार एजेन्सीले धेरै विस्फोटको आवाज सुनेको तर त्यहाँ धुवाँ नदेखिएको जनाएको छ भने, एसएनएन समाचार एजेन्सीले टापु नजिकै अमेरिकाले इरानी ट्याङ्करलाई लक्षित गरी आक्रमण गरेको दाबी गरेको छ । अमेरिकी वा इरानी अधिकारीहरूबाट हाल सम्म कुनै आधिकारिक टिप्पणी नआएको जनाइएको छ ।

युद्ध सुरु भएको छ महिना पछि युद्धरत देशहरु बीचको लडाइँ गत आइतबार इरानमाथि अमेरिकी आक्रमणको साथ पुनः सुरु भएको जनाइएको छ । अमेरिकी आक्रमण पछि तेहरानले मध्यपूर्वमा अमेरिकी लक्ष्यहरूमा जवाफी आक्रमण जारी राखेको जनाइएको छ ।

इरानले बिहीबार आफ्नो सशस्त्र बलले कुवेत र संयुक्त अरब इमिरेट्सका अवस्थित अमेरिकी सैन्य अड्डाहरूमा आक्रमण गरेको छ भने विवाह समारोहमा भएको नागरिकहरूको मृत्युको बदला लिने प्रतिबद्धता व्यक्त गरेको छ ।

वासिङ्टनले इरानी बन्दरगाहहरूको प्रति–अवरोध कायम राख्दै गर्दा इरानले जहाजहरूको बाटो अवरुद्ध गर्दै, दुवै पक्षले रणनीतिक स्ट्रेट अफ होर्मुजको नियन्त्रणका लागि पनि प्रतिस्पर्धा गरिरहेका छन् । (रासस/एएफपी)

तपाईको प्रतिक्रिया