कोरोना सङ्क्रमित वृद्धको मृत्यु

  साउन २६, २०७७

काठमाडौँ, साउन २६ : काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमणबाट एक वृद्धको आज बिहान मृत्यु भएको छ । काठमाडौं उपत्यकाको एक अस्पतालमा उपचाररत ६५ वर्षीय वृद्धको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालय ललितपुरका वरिष्ठ स्वास्थ्य प्रशासक डा. खगेश्वर गेलालका अनुसार साउन १५ गते भर्ना हुनुभएका उहाँको आज बिहान मृत्यु भएको हो । लामो समयदेखि उहाँ मधुमेह, कलेजोको समस्याबाट ग्रसित उहाँमा पछिल्लो पटक निमोनियाको लक्षण देखिएको थियो ।

काठमाडौँको कलङ्की निवासी वृद्धको मृत शरीर अस्पतालमै राखिएको छ । नेपाली सेनाले व्यवस्थापनको तयारी गरिरहेको डा. गेलालले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया