सुनचाँदीको मूल्यमा वृद्धि

  ५ घण्टा अगाडि

काठमाडौँ, १९ भदौ : स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । सुनको मूल्य प्रतितोला रु दुई हजार पाँच सय र चाँदीको मूल्य रु ४० ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु तीन लाख सात हजार चार सय र चाँदीको मूल्य रु चार हजार सात सय ६५ कायम भएको छ ।

बिहीबार छापावाल सुन प्रतितोला रु तीन लाख चार हजार नौ सय र चाँदीको मूल्य रु चार हजार सात सय २५ कायम भएको राससले जनाएको छ ।

तपाईको प्रतिक्रिया