त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाबाट दुई जनाको जीवितै उद्धार

  २ घण्टा अगाडि

काठमाडौँ, १९ भदौ : भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाकको सुरुङभित्र फसेका दुई जना कर्मचारीको आज जीवितै उद्धार गरिएको छ ।

नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतका अनुसार उद्धार गरिएका व्यक्तिमा सञ्जय साह र कवीर महर्जन हुनुहुन्छ । सेनाको नेतृत्वमा खटिएको टोलीले १० दिनपछि जीवितै उद्धार गरेको हो ।

उद्धार गरिएका दुवै जनाको अहिले त्यही स्वास्थ्य परीक्षण भइरहेको प्रवक्ता बस्नेतले जानकारी दिनुभएको राससले जनाएको छ ।

तपाईको प्रतिक्रिया