चीनले नेपाललाई सहायता प्याकेज प्रस्ताव गरेको छ : विदेशमन्त्री वाङ

  ३ घण्टा अगाडि

बेइजिङ, १३ भदौ : चीनका विदेशमन्त्री वाङ यीले उहाँका नेपाली समकक्षी शिशिर खनालसँग शनिबार टेलीफोनमार्फत् यही भदौ १० गते गएको भएको हिमस्खलन र यसले निम्त्याएको विपत्तिबारे कुराकानी गर्नुभएको चीनको विदेश मन्त्रालयले शनिबार जानकारी गराएको छ ।

हालै चीनको तिब्बत क्षेत्रमा गएको हिमपहिरो र त्यसका कारण नेपालमा भोटेकोशी र त्रिशुली नदीमा आएको बाढी र डुवानका कारण रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा व्यापक भौतिक तथा मानवीय क्षति पुगेको थियो ।

उहाँले ‘चीन र नेपालबीचको केरूङ–रसुवा सीमा नाका क्षेत्रमा हालै गम्भीर विपद् आएको, जसले ठूलो जनधनको क्षति पुर्‍याएको, मानिसहरू बेपत्ता भएका र भौतिक सम्पत्तिको क्षति भएकोमा नेपाल र नेपाली जनतालाई परेको पिडाबारे गहन कुराकानी भएको बताइएको छ । उहाँले चीनले नेपाललाई सहायता प्याकेज प्रस्ताव गरेको पनि बताउनुभएको छ ।

चिनियाँ विदेशमन्त्री वाङले भन्नुभयो, “हामीले नेपाललाई सहायता प्याकेज प्रस्ताव गरेका छौँ । यो छिट्टै कार्यान्वयन हुनेछ ।” नेपाललाई दिइने चीनको सहायता प्याकेज कार्यान्वयन भइरहेको र यसमा आपत्कालीन नगद सहायता र मानवीय सहायता समावेश रहने विदेश मन्त्रालयले जनाएको छ । (रासस/सिन्ह्वा)

तपाईको प्रतिक्रिया