चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार

  २ घण्टा अगाडि

रसुवा, १३ भदौ : भोटेकोशी नदीमा बाढी आएको चार दिनपछि गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेमा माटोमा पुरिएकी सात वर्षीया बालिकाको आज दिउँसोे जीवितै उद्धार भएको छ ।

सशस्त्र प्रहरी बल नेपाल २० नम्बर गुल्म धुन्चेबाट खटिएको टोलीले हिलाम्मे अवस्थामा रहेकी बालिका शिरगङ्गा इचाई मगरको उद्धार गरेको हो । गम्भीर घाइते अवस्थामा भेटिएकी बालिकालाई हेलिकप्टरमार्फत रसुवा जिल्ला अस्पताल धुन्चे लगिएको उद्धारमा संलग्न प्रहरीले जनाएको छ ।

धुन्चे अस्पतलाका वरिष्ठ सर्जन डा सुनीलकुमार दासले बालिकाको अवस्था गम्भीर देखिएकाले थप उपचारका लागि शिक्षण अस्पताल महाराजगन्जमा ‘रेफर’ गरिएको जानकारी दिनुभयोे ।

घाइते बालिकाकी आमा अर्घाखाँची स्थायी घर भई हाल ग्लोबल आइएमई बैंकको टिमुरे शाखामा कार्यरत गीता इचाइ मगर र बुबा लोकबहादुर उचाइलाई सोही स्थानबाट उद्धार गरी नेपाली सेनाको हेलिकप्टरमार्फत थप उपचारका लागि यसअघि काठमाडौँ पठाइएको सशस्त्र प्रहरी निरीक्षक सोम गुरुङले जानकारी दिनुभएको राससमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया