भोटेकोशी नदीमा पानीको बहाव पुनः बढ्यो, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

  २ घण्टा अगाडि

काठमाडौँ, १२ भदौ : रसुवास्थित भोटेकोशी नदीमा अहिले राति पुनः पानीको बहाव बढेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले चिनियाँ पक्षबाट प्राप्त सूचनाअनुसार भोटेकोशी नदीमा पानीको बहाव पुनः बढेको जनाउँदै तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्राधिकरणले अर्को सूचना नआउँदासम्म त्रिशूलीको तटीय क्षेत्र (चितवनको मुग्लिन)सम्म उच्च सतर्कतासहित सुरक्षित स्थानमा रहन आग्रह गरेको राससमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया