काठमाडौँ, १२ भदौ : प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशी बाढीका सम्बन्धमा छलफल गर्न बोलाउनुभएको मन्त्रिपरिषद् बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सुरु भएको छ ।
रसुवाको भोटेकोसीमा यही १० गते आएको विनाशकारी बाढीका कारण भएको क्षति, उद्धार, राहत तथा पुनर्निर्माणका सन्दर्भमा आवश्यक र महत्वपूर्ण निर्णय गर्न प्रधानमन्त्रीले सो बैठक बोलाउनुभएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिनुभएको हो ।
बैठकमा बाढी प्रभावित क्षेत्रमा राहत कार्यलाई थप प्रभावकारी बनाउने र क्षति पुगेका भौतिक पूर्वाधारको पुनर्निर्माणलाई अगाडि बढाउने विषयमा छलफल हुने राससले जनाएको छ ।






