भोटेकोशी बाढीको प्रभाव नुवाकोटसम्म

  १० घण्टा अगाडि

काठमाडौँ, १० भदौ : रसुवास्थित भोटेकोशी नदीमा बुधबार आएको बाढीका कारण नुवाकोटका विभिन्न क्षेत्रमा क्षति पुगेको छ ।

बाढीले विदुर नगरपालिका–६ खम्पाक्याम्पस्थित केन्द्रीय कारागारको प्रशासनिक भवन तथा नेपाल प्रहरीको सुरक्षा एकाइको भवनमा क्षति पुर्‍याएको छ ।

कारागार क्षेत्रमा समेत बाढीको आंशिक प्रभाव परेको छ । जोखिमलाई मध्यनजर गर्दै कारागारमा रहेका कैदीबन्दीलाई सुरक्षित ब्लकमा स्थानान्तरण गरी राखिएको छ ।

बाढीका कारण विदुर नगरपालिका–५ स्थित देवीघाट बजार आसपासको क्षेत्रसमेत प्रभावित भएको छ । त्यस्तै, विदुर नगरपालिका–१ ढुङ्गेबजारस्थित त्रिशूली नदी आसपासका क्षेत्रमा पनि बाढीको प्रभाव परेको छ ।

बाढीबाट प्रभावित क्षेत्रको क्षतिको विवरण तथा अवस्थाबारे स्थानीय प्रशासन र सुरक्षा निकायले अनुगमन गरिरहेका गोरखापत्र अनलाइनमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया