प्रधान सेनापतिद्वारा दज्र्यानी चिह्न प्रदान

  ५ घण्टा अगाडि

काठमाडौँ, ८ भदौ : प्रधान सेनापति अशोकराज सिग्देलले नेपाली सेनाको उपरथीमा पदोन्नति हुनुभएका द्रव्यराम भण्डारी र रञ्जित थापा (पिएचडी)लाई दज्र्यानी चिह्न प्रदान गर्नुभएको छ ।

सैनिक मुख्यालय जङ्गीअड्डामा आज आयोजित कार्यक्रममा प्रधान सेनापति सिग्देलले महासेनानीमा पदोन्नति भएका चार प्रमुख सेनानीलाई पनि दज्र्यानी चिह्न प्रदान गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको राससमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया