नेपाल बैङ्कको अटो लोन अफर

  भदौ ०६, २०८३

काठमाडौँ, ६ भदौ : नेपाल बैङ्क लिमिटेडले अटो लोन योजना सार्वजनिक गरेको छ । बैङ्कले आगामी भदौ ९ देखि १४ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुने नाडा अटो सो २०२६ लाई लक्षित गर्दै ग्राहकका लागि अटो लोन योजना सार्वजनिक गरेको हो ।

बैङ्कले विद्युतीय तथा अन्य नयाँ निजी एवं व्यावसायिक सवारीसाधन खरिद गर्न चाहने ग्राहकलाई सहज, सरल र प्रतिस्पर्धी वित्तीय सुविधा उपलब्ध गराउने उद्देश्यले उक्त योजना ल्याएको जनाएको छ ।

बैङ्कका अनुसार योजना अन्तर्गत नाडा अटो सोमा सहभागी भई नेपाल बैङ्कबाट कर्जा लिएर जुनसुकै ब्रान्डको सवारीसाधन खरिद गर्ने ग्राहकले बैङ्कको आधार दरमा ०.४९ प्रतिशत प्रिमियम थप गरी कायम हुने ब्याजदरमा अटो लोन प्राप्त गर्न सक्ने भएका छन् ।

त्यसै गरी अटो लोन उपभोग गर्दा लाग्ने कर्जा प्रशासनिक शुल्कमा ०.५ प्रतिशत मात्र सेवा शुल्क लाग्ने बैङ्कले जनाएको छ । यसले सवारीसाधन खरिदका लागि बैङ्कबाट कर्जा लिने ग्राहकको प्रारम्भिक वित्तीय लागत केही कम हुने अपेक्षा गरिएको छ ।

नेपाल बैङ्कले अटो लोन लिने ग्राहकलाई थप सुविधा प्रदान गर्दै तीन लाख रुपियाँसम्मको लाइफटाइम व्रmेडिट कार्ड निःशुल्क उपलब्ध गराउने व्यवस्था पनि गरेको छ । बैङ्कका अनुसार उक्त व्रmेडिट कार्डका लागि ग्राहकले छुट्टै शुल्क तिर्नुपर्ने छैन ।

नाडा अटो सोमा विद्युतीय
सवारीसाधनसहित विभिन्न ब्रान्डका नयाँ सवारीसाधन सार्वजनिक तथा प्रदर्शन हुँदै छन् । यस्तो अवस्थामा बैङ्कहरूले समेत अटो कर्जामार्फत ग्राहक आकर्षित गर्ने प्रतिस्पर्धा बढाएका छन् ।

पछिल्लो समय विभिन्न बैङ्कले अटो सो तथा मोबिलिटी एक्स्पोलाई लक्षित गर्दै ब्याजदर तथा शुल्कमा सहुलियतसहितका योजना ल्याइरहेका छन् ।

बैङ्कले नाडा अटो सोमा सहभागी ग्राहक तथा सर्वसाधारणलाई नजिकको शाखामा सम्पर्क गरी बैङ्कका नवीनतम वित्तीय सेवा तथा सवारी कर्जा सुविधाबारे जानकारी लिन आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया