बेपत्ता पारिएका व्यक्तिको छानबिनलाई प्रभावकारी बनाइने

  ६ घण्टा अगाडि

काठमाडौँ, २६ साउन : बेपत्ता पारिएका व्यक्तिको छानबिनलाई प्रभावकारी बनाइने भएको छ । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले बेपत्ता पारिएका व्यक्तिका उजुरी प्राप्त हुना साथ उजुरीको छानबिन तथा सत्य अन्वेषणलाई प्रभावकारी बनाउने भएको हो ।

आज काठमाडौँमा आयोजना गरेको वार्षिक समीक्षा कार्यक्रममा आयोगका सचिव ध्रुवकुमार चौहानले पीडित तथा पीडित परिवारको अधिकार र व्यक्तिको सरोकारलाई केन्द्रमा राखेर कार्यसम्पादन गर्ने तथा आयोगबाट सम्पादन हुने कामलाई थप व्यवस्थित र परिणाममुखी बनाइने जानकारी दिनुभयो ।

आयोगले आर्थिक वर्ष २०८२/८३ मा सम्पादन भएका काम, अनुसन्धान तथा छानबिनको अवस्था, उजुरीमाथि भएको कारबाही, पीडित तथा पीडित परिवारसँग गरिएको समन्वय, अभिलेख व्यवस्थापन लगायतको विषयमा जानकारी गराएको छ ।

आयोग हाल पदाधिकारीविहीन अवस्थामा रहेको राससमा उल्लेख छ ।
राससले जनाएको छ ।

तपाईको प्रतिक्रिया