अमेरिका-इरान समझदारी कार्यान्वयन हुनुपर्छ : चीन

  ७ घण्टा अगाडि

बेइजिङ, १० असार : चीनले संयुक्त राज्य अमेरिका र इरानबिच सम्पन्न समझदारीपत्र (एमओयू)को संरक्षण तथा प्रभावकारी कार्यान्वयनमा दुवै पक्षले प्रतिबद्ध हुनुपर्ने जनाएको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा अमेरिका र इरानले एक अर्काको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको सम्मान गर्ने, सैन्य कारबाही नगर्ने तथा आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने प्रतिबद्धतासहित समझदारीपत्रमा हस्ताक्षर गरेको बताउनुभएको हो ।

उहाँले उक्त समझदारीले अन्तर्राष्ट्रिय समुदायमा सकारात्मक सन्देश प्रवाह गरेको उल्लेख गर्दै त्यसको संरक्षण र कार्यान्वयन दुवै पक्षको साझा जिम्मेवारी भएको बताउनुभयो । प्रवक्ता गुओले क्षेत्रीय शान्ति र स्थायित्वको शीघ्र पुनः स्थापनाका लागि चीन आफ्नो तर्फबाट आवश्यक सहयोग गर्न तथा रचनात्मक भूमिका निर्वाह गर्न तयार रहेको स्पष्ट पार्नुभयो । (रासस/सिन्ह्वा)

तपाईको प्रतिक्रिया