कञ्चनजङ्घा विद्यालयमा साइबर सुरक्षा सचेतना अभियानको दोस्रो दिन सम्पन्न, ११० भन्दा बढी विद्यार्थी सहभागी

  २ घण्टा अगाडि

कञ्चनपुर, वैशाख ३१ : युवापुस्तामा सुरक्षित डिजिटल प्रयोगबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन भइरहेको CyberSafe Nepal: Digital Awareness Campaign अन्तर्गत दोस्रो दिनको कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। Krishnapur Municipality Ward No. 5 Office तथा Shree Kanchanjunga English Secondary School सँगको सहकार्यमा कार्यक्रम आयोजना गरिएको हो।

अभियानको दोस्रो दिन ११० भन्दा बढी विद्यार्थी सहभागी भएका थिए। कार्यक्रममा विद्यार्थीहरूलाई साइबर सुरक्षा सचेतना, डिजिटल जिम्मेवारी, सुरक्षित इन्टरनेट प्रयोग, सामाजिक सञ्जालको सचेत प्रयोग तथा अनलाइन जोखिमबाट बच्ने उपायबारे जानकारी प्रदान गरिएको थियो। साथै व्यवहारिक उदाहरण र प्रत्यक्ष प्रस्तुतीकरणमार्फत विद्यार्थीहरूलाई डिजिटल युगमा अपनाउनुपर्ने सावधानीबारे प्रशिक्षण दिइएको थियो।

अभियानका प्रशिक्षक Aayush Paneru र Mohit Bhandari ले विद्यार्थीहरूसँग अन्तरक्रियात्मक सत्र सञ्चालन गर्दै सुरक्षित डिजिटल बानी विकास गर्न आग्रह गरेका थिए। सहभागी विद्यार्थीहरूले कार्यक्रमलाई उपयोगी तथा समयसापेक्ष रहेको प्रतिक्रिया दिएका छन्।

मे १३ देखि मे २२, २०२६ सम्म सञ्चालन हुने अभियानअन्तर्गत वडा नं. ५ भित्र रहेका अन्य विद्यालय तथा शैक्षिक संस्थाहरूमा आगामी दिनहरूमा पनि दैनिक रूपमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने आयोजकले जनाएको छ।

यस अभियानले सुदूरपश्चिम प्रदेशका विद्यार्थी तथा युवापुस्तामा सुरक्षित डिजिटल संस्कार विकास गर्दै जिम्मेवार प्रविधि प्रयोगबारे सकारात्मक सन्देश फैलाउने विश्वास गरिएको छ।

तपाईको प्रतिक्रिया