कञ्चनजङ्घा क्याम्पसबाट साइबर सुरक्षा सचेतना अभियान सुरु, पहिलो दिन १०२ विद्यार्थी सहभागी

  २ घण्टा अगाडि

कृष्णपुर, वैशाख ३०: युवापुस्तामा सुरक्षित डिजिटल प्रयोगबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले CyberSafe Nepal: Digital Awareness Campaign सुरु गरिएको छ। Krishnapur Municipality Ward No. 5 Office सँगको सहकार्यमा सञ्चालन गरिएको उक्त अभियानको पहिलो दिनको कार्यक्रम Kanchanjunga Campus मा सफलतापूर्वक सम्पन्न भएको हो।

मे १३ देखि मे २२, २०२६ सम्म सञ्चालन हुने अभियानअन्तर्गत वडा नं. ५ भित्र रहेका विभिन्न विद्यालय तथा क्याम्पसहरूमा चरणबद्ध रूपमा डिजिटल सचेतना सत्र सञ्चालन गरिने जनाइएको छ। अभियानमार्फत विद्यार्थीहरूलाई साइबर सुरक्षा, जिम्मेवार सामाजिक सञ्जाल प्रयोग, अनलाइन जोखिमबाट बच्ने उपाय तथा सुरक्षित डिजिटल बानीबारे जानकारी प्रदान गरिनेछ।

पहिलो दिन आयोजित कार्यक्रममा BBS प्रथम, द्वितीय तथा तृतीय वर्ष का गरी १०२ जना विद्यार्थी सहभागी भएका थिए। कार्यक्रममा सहभागी विद्यार्थीहरूले डिजिटल युगमा यस्ता कार्यक्रम अत्यन्त आवश्यक रहेको बताएका छन्।

अभियानका सम्पूर्ण सत्रहरूमा Aayush Paneru र Mohit Bhandari प्रशिक्षकका रूपमा सहभागी भई विद्यार्थीहरूलाई अन्तरक्रियात्मक प्रशिक्षण प्रदान गर्ने जनाइएको छ।

आयोजकका अनुसार आगामी दिनहरूमा पनि विभिन्न शैक्षिक संस्थामा निरन्तर रूपमा यस्ता सचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ। अभियानले विद्यार्थी तथा युवापुस्तामा सुरक्षित डिजिटल संस्कार विकास गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।

तपाईको प्रतिक्रिया