काठमाडौं १ मा रवीन्द्र मिश्रको कमजोर प्रस्तुति, मनोनयनमा देखिएनन प्रभावशाली नेता

  ३ घण्टा अगाडि

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले काठमाडौं १ मा रवीन्द्र मिश्रलाई विवादकाबिच टिकट दिएपनि मनोनयन दर्तामै उनको अवस्था कमजोर देखिएको छ।

मिश्र केही आफन्त र पार्टीका साधारण कार्यकर्ता लिएर मनोनयन दर्ता गर्न पुगेका थिए । उनको मनोनयन दर्तामा काठमाडौं १ निर्वाचन क्षेत्रका प्रभाशाली नेता सहभागी भएनन्। काठमाडौं १ बाट उम्मेदवारीको दाबी गरेका सह कोषाध्यक्ष शोभित उप्रेती, केन्द्रीय सल्लाहकार मदनदास श्रेष्ठ, केन्द्रीय सदस्य डा जयन्तनाथ खनाल, प्रदेश अध्यक्ष भिमसेन पुरी , ४ वटै वडा समितिका पदाधिकारी कोहि उपस्थिति भएनन् क्षेत्रीय समितिको सिफारिस विपरित उनले टिकट पाएकाले सो क्षेत्रमा विद्रोह हुने देखिन्छ । राप्रपाका स्थानीय नेता र पदाधिकारीको असन्तुष्टि कायमै रहे उनको शर्मनाक हार हुने देखिन्छ ।

तपाईको प्रतिक्रिया