पृथ्वी जयन्तीमा सेनाद्वारा चन्द्रगढ किल्लाको सरसफाइ

  १६ घण्टा अगाडि

झापा, २७ पुस : राष्ट्रिय एकीकरण दिवस एवं ३०४औँ पृथ्वी जयन्तीका अवसरमा नेपाली सेनाले शनिबार भद्रपुर–१० स्थित ऐतिहासिक चन्द्रगढमा बृहत् सरसफाइ कार्यक्रम गरेको छ ।

नेपाली सेनाको चारआलीमा रहेको अरिदमन गणले आयोजना गरेको उक्त कार्यक्रममा नेपाली सेनाका साथै सशस्त्र प्रहरी, नेपाल प्रहरी, राष्ट्रिय सेवा दल, पत्रकार र सर्वसाधारणको सहभागिता रहेको थियो । राणाकालका प्रधानमन्त्री चन्द्रशम्शेरको पालामा सैनिक किल्ला भएको कारण सो स्थानको नामकरण चन्द्रगढ रहन गएको तत्कालीन चन्द्रगढी गाउँ विकास समितिका अध्यक्ष दुर्गाप्रसाद भट्टराई बताउनुहुन्छ ।

भद्रपुर नगरपालिकाको पहलमा उक्त स्थानलाई ऐतिहासिक पर्यटकीयस्थलका रूपमा विकसित गर्न विभिन्न प्रयास भइरहेका छन् । पुरानो गढी (सैनिक किल्ला)को निशानीस्वरुप चन्द्रगढमा माटोका थुम्काथुम्की उक्त स्थानमा पाइएका छन् ।

कतिपय अन्वेषकहरू उक्त स्थानलाई पौराणिक महाभारतकालीन कथासँग पनि जोड्ने गर्छन् । पर्याप्त खोज र उत्खनन नभएका कारण चन्द्रगढको पुरातात्विक महत्व अझै पनि रहस्यमै छ । अरिदमन गणका गणपति प्रमुख सेनानी सरोज थापाले सरसफाइ कार्यक्रममा १८५ जनाको उपस्थिति रहेको जनाउँदै ऐतिहासिक गढी रहेको स्थान भएकाले चन्द्रगढको संरक्षण र उचित हेरचाह आवश्यक रहेको बताउनुभयो ।

दोस्रो विश्वयुद्धको समयमा तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशम्शेर चन्द्रगढमा पूर्वी सीमाको सुरक्षाका लागि सेनाको टुकडी चन्द्रगढमा राखेको शासनकालमा सेनाको एक टुकडी तैनाथ गर्न गढी निर्माण भएको भन्ने स्थानीयको भनाइ छ । त्यसैगरी, १८औँ शताब्दीमा किरात धर्मावलम्बीहरूले निर्माण गरेको यस ऐतिहासिक चन्द्रगढबाट चन्द्रगढी सहरको नाम रहन गएको बुझिएको छ । यस बृहत् सरसफाइ कार्यक्रमले झापा जिल्लाको एकमात्र यस ऐतिहासिक चन्द्रगढीका तत्कालीन अध्यक्ष भट्टराई बताउनुहुन्छ ।

तपाईको प्रतिक्रिया