प्रधानमन्त्री कार्की र प्रमुख दलका शीर्ष नेताबिच छलफल

  ५ घण्टा अगाडि

प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताबिच आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका विषयमा छलफल सुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारको बैठकमा  प्रधानमन्त्री कार्कीसँगै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुनुहुन्छ । उक्त छलफल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिनुभयो । 

तपाईको प्रतिक्रिया