उप–प्राध्यापक गोविन्द राज उपाध्यायलाई ‘Excellent Academic of the Year Award’

  कार्तिक २६, २०८२

धनगढी, २५  कार्तिक : ऐश्वर्य बहुमुखी क्याम्पस, कैलालीका व्यवस्थापन संकायअन्तर्गत अर्थशास्त्रका उप–प्राध्यापक गोविन्द राज उपाध्यायलाई “Excellent Academic of the Year Award” प्रदान गरिएको छ।

उक्त सम्मान भारतको Research Education Solutions र Dream Management & Nursing College, उडिसा द्वारा संयुक्त रूपमा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनमा प्रदान गरिएको हो। सम्मेलन “बहुविषयक शैक्षिक क्षेत्रहरूको समागम: एकीकृत अनुसन्धानमार्फत ज्ञानको प्रगति” शीर्षकमा सम्पन्न भएको थियो।

सम्मेलनमा उपाध्यायले “नेपालका पारिस्थितिकी सेवाहरूको आर्थिक मूल्याङ्कन र संरक्षण: घोडाघोडी ताल, नेपालबाट प्राप्त प्रमाणहरू” शीर्षकमा आफ्नो अनुसन्धानपत्र प्रस्तुत गर्नुभएको थियो।

उपाध्याय हाल ऐश्वर्य बहुमुखी क्याम्पसमा अर्थशास्त्रका उप–प्राध्यापकको रूपमा कार्यरत हुनुहुन्छ। उहाँ अर्थशास्त्रमा एम.फिल (दर्शनाचार्य) हुनुहुन्छ र हाल भारतको रोहिलखण्ड विश्वविद्यालयबाट पीएचडी गर्दै हुनुहुन्छ।

सम्मानले उहाँको शैक्षिक योगदान, अनुसन्धानप्रतिको लगाव र शैक्षिक उत्कृष्टतालाई उच्च सम्मान दिएको आयोजक संस्थाले जनाएको छ।

उपाध्यायले आफ्नो उपलब्धि आफ्ना विद्यार्थी र शैक्षिक यात्राप्रति समर्पित गर्दै भनेका छन्—

“यो सम्मानले मलाई अझ प्रेरित बनाएको छ। म यसलाई आफ्ना विद्यार्थीहरू र शिक्षण यात्राको समर्पणस्वरूप ग्रहण गर्दछु।”

तपाईको प्रतिक्रिया