सुनको मूल्य चार सयले बढेर हालसम्मकै उच्च

  ११ घण्टा अगाडि

काठमाडौँ, २९ असोज : स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ । आज सुनको मूल्य प्रतितोला रु. चार सयले बढेर रु दुई लाख ४८ हजार ९०० पुगेको छ । 

त्यस्तै, चाँदीको मूल्य प्रतितोला रु. ८५ ले घटेर आज तीन हजार २४० मा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

हिजो मङ्गलबार सुन प्रतितोला रु. दुई लाख ४८ हजार ५०० र चाँदी प्रतितोला रु. तीन हजार ३२५ मा किनबेच भएको थियो ।  रासस

तपाईको प्रतिक्रिया